आज केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना
काठमाडौं – आज बेलुका केहि ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार स्थानीय वायुसँगै पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बेलुका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । चट्याङसहित पानी पर्नेछ ।
बिहान मौसम सफा हुने र दिउँसोपछि हावाहुरी चलेर मेघगर्जनसहित पानी पर्नु प्रि-मनसुनको विशेषता हो । अहिले प्रि-मनसुन चलिरहेको छ ।
तपाइँको प्रतिक्रिया