अत्यावश्यक शल्यक्रिया मात्र गर्न निर्देशन

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयले कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कता अपनाउनका लागि उपत्यकाका ५० शैया र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवा बन्द गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मन्त्रिस्तरीय बैठकले कोरोना भाइरस समुदायमा छ छैन भन्ने अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार नमुना परीक्षणका लागि तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ । गोरखापत्रमा खबर छ ।
तपाइँको प्रतिक्रिया