भाटभटेनीमा समाचार संकलन गर्न गएका पत्रकार गौतममाथि दुव्र्यवहार

चितवन – भरतपुरस्थित भाटभटेनी सुपरमार्केटमा पत्रकार शिव गौतम माथि दुव्र्यवहार भएको छ । सरकारले २५ जना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा भेला हुन रोक लगाए पनि भाटभटेनी सुपरमार्केटले अटेरी गर्दै आएको बिषयमा समाचार संकलन गर्न गएका गौतम माथि आज (शुक्रबार) दुव्र्यवहार भएको हो ।
कायाकैरन दैनिक तथा सिनर्जी एफएमका संबाददाता गौतममाथि सुपरमार्केटका कर्मचारीले दुव्र्यवहार गरेका हुन् । उनीहरुले गौतमले खिचेका फोटोहरु डिलिट गरेर अपशब्द प्रयोग गर्दै हातपातको प्रयास गरेका थिए ।
सरकारले २५ जना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा भेला हुन रोक लगाए पनि भाटभटेनी सुपरमार्केटले अटेरी गर्दै आएको छ । भाटभटेनीमा विदेशी नागरिकहरुको समेत उपस्थिति हुने गरेको छ ।
कायाकैरन दैनिकले भाटभटेनी सुपरमार्केटको यो हर्कतको घोर भत्सर्ना गरेको छ । यस्तै सिनर्जी एफ एमले पनि एक विज्ञप्ती जारी गर्दै भत्सर्ना गरेको छ । एफएमले दोषीलाई कारबाही गरी समग्र प्रेस जगतलाई न्यायको प्रत्याभुती गराउन पनि आग्रह गरेको छ ।
सिनर्जी एफएमद्वारा जारी विज्ञप्ती :
तपाइँको प्रतिक्रिया