भरतपुरमा एक महिने मन्टेश्वरी तालिम सम्पन्न
चितवन – भरतपुरमा एक महिने मन्टेश्वरी तालिम सम्पन्न भएको छ । महिला शसक्तिकरण तथा परिर्वतनशिल नेपालको आयोजनामा फागुन ४ गते देखि शुरु भएको तालिमा अज (शुक्रबार) सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले तालिम लिनु मात्र नभई त्यसलाई व्यवहारमा उतार्नु महत्वपूर्ण हुने बताए । उनले सिकेका सिपलाई व्यवहारमा उतार्न नसक्दा अझै दक्ष जनशक्ती उत्पादन गर्न नसकिएको बताए ।
प्रशिक्षक महालक्ष्मी सेन्चुरीले विद्यार्थीहरुले शान्त बातावरणमा उत्साहजनक तरिकाले तालिम लिएको बताईन् । प्रशिक्षार्थी निशा श्रेष्ठले एक महिने तालिमबाट धेरै कुरा सिक्न पाएकोमा खुशी व्यक्त गरिन् । उनले यस तालिमबाट बालबालिकाहरुलाई कसरी पढाउने, आफुप्रती कसरी केन्द्रित बनाउने, सिकाईलाई कसरी प्रभावकारी बनाउने लगायतका बिषयमा ज्ञान हासिल गरेको बताईन् ।
रोजगारी सर्भिसको सहयोगमा एक महिनासम्म चलेको निशुल्क मन्टेश्वरी तालिममा प्रदेश नम्बर २ र ५ का २० जना महिलाहरुको सहभागीता रहेको महिला शसक्तिकरण तथा परिर्वतनशिल नेपालकी अध्यक्ष संगिता भट्टराईले जानकारी दिईन् ।
तपाइँको प्रतिक्रिया