प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना संक्रमणबाट बच्न सरकारले आह्वान गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।
उनका प्रेस सल्लाहाकार सूर्य थापाले सिंहदरबार वा बालुवाटारमध्ये एक स्थानबाट सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘स्थान अहिले निश्चित भइसकेको छैन। निश्चित भएपछि खबर गरौंला।’
कोरोना संक्रमण फैलिन नदिन सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएको छ ।
तपाइँको प्रतिक्रिया