कोरोना त्रास : दुई दिनमा १ लाख ५० हजारभन्दा बढिले छाडे काठमाडौँ

काठमाडौँ – सरकारले बुधबार कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएलगत्तै राजधानीबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । सरकारले एक महिनाको लागि स्कुल, कलेज बन्द गर्न निर्देशन दिएको हो ।
बुधबार र बिहाीबार झण्डै १ लाख ५० हजारभन्दा बढि यात्रुले काठमाडौँ उपत्यका छाडेको एसएसपी ढकालले बताए । शुक्रबार (आज) अझ बढ्ने अनुमान गरिएको उनले बताए ।ट्राफिक व्यवस्थापनमा कुनै समस्या नहुने एसएसपी ढकालको भनाइ छ ।
उनले भने, ‘बिहीबार अचानक यात्रुहरु बाहिरिनेको संख्या बढ्यो । बसपार्कदेखि नाकासम्म चनाखो छौं ।’ त्यस्तै एसएसपी ढकालले सिट संख्याभन्दा धेरै यात्रु नचढाउन र सवारी साधनको सरसफाइमा विशेष ध्यान दिन सवारीसाधन धनीलाई निर्देशन दिएको बताए ।यात्रुहरु नागढुङ्गा, जगाती, फर्पिङ साँखु र मुड्खु नाकाबाट आफ्नो गाउँतिर गएका छन् ।
तपाइँको प्रतिक्रिया