जेठमा प्रदर्शन हुँदै ‘मेरो आफ्नो’

चितवन – ओम साईभक्त मुभि प्रालीले श्रीराम वरालको मेरो आफ्नो नामक नेपाली कथानक चलचित्र नेपाली बजारमा ल्याउने भएको छ । प्रदर्शनको अन्तिम तयारीमा रहेको उक्त चलचित्रको सुटिङ र डविङ सकिएको निर्माण पक्षले जानकारी दिएको छ । राजु अधिकारीको निर्देशनमा तयार हुँदै गरेको उक्त चलचित्रको गितहरु छिट्टै सार्वजनिक हुने जनाईएको छ । उक्त चलचित्रको लेखक एवं निर्मातामा मौनता श्रेष्ठ, निर्माताहरुमा निलबहादुर केसी, वसन्त शर्मा र धिरज कुमार श्रेष्ठ रहेका छन् ।
आगामी जेठ पहिलो सातावाट प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्रको नायक केवलजंग कुँवर र नायिका सुजाता थापा रहेकी छिन् । करिव एक करोडको लागतमा तयार हुँदै गरेको उक्त चलचित्रमा पारिवारिक पृष्टभुमि समकालिन समयको प्रेम, त्याग र सुख दुखःमा साथ दिन आफन्त एवं पराई विचको सम्वन्धलाई आधुनिक ढंगले प्रस्तुत गरिएको निर्माता मध्येका एक निलबहादुर केसीले जानकारी दिए ।
चलचित्रले समसामयिक विषयवस्तु उठान गरेकोले उक्त चलचित्रले एक सफल चलचित्रको स्थान लिने र राम्रो व्यापार गर्ने निर्माता केसीको दावी छ । उक्त चलचित्रको छायांकन चितवन र पोखरा एवं आसपासका क्षेत्रमा गरिएको चलचित्रका नायक कुँवरले जानकारी दिए । नवनायक कुँवर सोहि चलचित्रवाट फिल्मी क्षेत्रमा प्रवेश गरेका हुन् ।
तपाइँको प्रतिक्रिया