चितवनमा कसैलाई कोरोनाको आशंका छ ? घरमै बसेर विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्

चितवन – कोरोना भाइरस अहिले विश्वभर फैलिदै गईरहेको छ । रुघा, खोकी, ज्वरो जस्तो लक्षण कोरोना भाइरस संक्रमितलाई देखिने गर्दछ । रुघा, खोकी, ज्वरो सामान्य नै भए पनि कोरोनाको लक्षणसँग मिल्ने भएकोले जनमानसमा त्रास छ ।
यि लक्षण देखिएमा के गर्ने कसो गर्न भन्ने अन्यौलता पनि देखिन्छ । यसका लागि कोरोना नियन्त्रण कार्यदल चितवनले विशेषज्ञ चिकित्सकको टेलीफोन नम्बर उपलब्ध गराएको छ । तपाई चितवनमा हुनुहुन्छ र कोरोना भाइरस (कोभिड–१९) संग मिल्दो जुल्दो लक्षण देखिएको छ भने सिधै टेलिफोन मार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सकिनेछ ।
कोरोना नियन्त्रण कार्यदल चितवनले रुघा, खोकी, ज्वरो आएमा तत्काल अस्पताल जानु अघि विशेषज्ञ चिकित्सकहरुसंग परामर्श लिने व्यवस्था मिलाएको हो । बिरामीको अवस्था अनुसार चिकित्सकहरुको परामर्शमा घरमानै बसेर औषधि प्रयोग गर्न वा उनीहरुको सुझाब अनुसारको अस्पताल जान सकिने छ ।
जसका लागि सर्वसाधरणहरुले यी नम्बरहरुमा सम्पर्क गर्नुहोस् :
९८५५०५५६६६, ९८४५०५१४३२, ९८५११४३२९६, ९८११८६२५०७, ९८४१६९४४७३, ९८५१००५५८०, ९८५५०५९०८८, ९८४५१९७१६५, ९८५५०५१०२९, ९८५५०७४६५६,
तपाइँको प्रतिक्रिया