सर्वाधिक भोट पाउँदै केभिन नेपाल आइडलको टप ४ मा

चितवन – पाँच जना प्रतिस्पर्धी मध्य सबै भन्दा धेरै भोट पाँउदै चितवनका केभिन ग्लान तामाङ नेपाल आइडलको टप ४ मा प्रवेश गरेका छन् ।आज (बिहिबार) सम्पन्न २७ औं शृंखलाबाट ‘हाईएस्ट भोटेट कन्टेसटेन्ट’ हुँदै केभिन टप ४ मा स्थान बनाउन सफल भएका हुन् ।
उनले पाँच प्रतिस्पर्धी मध्य सबै भन्दा धेरै भोट पाएका हुन् । पुर्वी चितवनको पर्साका केभिन ग्लान तामाङ वीरगंज अडिसनबाट नेपाल आइडलका लागि छनौट भएका हुन् ।
उत्कृष्ट ४ मा केभिनसँगै पोखराका नेशन पुन मगर, मोरङकी सज्जा चौलागाई र बर्दियाका प्रविन बेड्वाल प्रवेश गरेका छन् । काठमाडौंकी मेघा श्रेष्ठ भने टप ५ बाट बाहिरिएकी छिन् ।
तपाइँको प्रतिक्रिया