कोरोना कहर : निर्माणाधिन रंगशालामा सर्वसाधारणलाई प्रवेशमा रोक

चितवन – चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाईएको छ । विश्वभर फैलिदै गएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै निर्माणाधिन रंगशालामा सर्वसाधारणलाई प्रवेश रोक गरिएको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनले आज (बिहिबार) आज सुचना जारी गर्दै निर्माणाधिन रंगशालामा सर्वसाधारणलाई प्रवेश रोक लगाएको बारे जानकारी दिएको हो । फाउण्डेशनले कोरोनाको कारण यस्तो वाध्यात्मक निर्णय लिनु परेको जनाएको छ ।
सरकारले गरेको आग्रहलाई मध्यनजर गर्दै यो निर्णय गरिएको फाउण्डेशनले जनाएको छ । भरतपुर महानगरपालिका १५ रामपुर शान्तीचोकमा धुर्मुस सुन्तली फाउण्डेशनको संयोजकत्वमा जनस्तरबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ । करिब ३ अर्बको लगानीमा बनिरहेको रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।
तपाइँको प्रतिक्रिया