नारायणगढ राउण्ड टेबल – १४ द्धारा रक्तदान कार्यक्रम सम्पन्न

चितवन – अन्तराष्ट्रिय राउण्ड टेबल दिवसको उपलक्ष्यमा आज भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नारायणगढ राउण्ड टेबल – १४ ले मनकामना हस्पिटल र सिजी लेण्डमार्क गरी दुई ठाँउमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ५९ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेमा ४७ जना पुरुष र १२ जना महिला रहेका थिए । राउण्ड टेबल – १४ का अध्यक्ष बिकास बर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ प्रमुख अतिथी रहेका थिए ।
नारायणगढ राउण्ड टेबल १४ एउटा अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । शिक्षाको माध्यमबाट राष्ट्र निर्माण गर्नुपर्छ भन्ने नाराको साथ स्थापना भएको यस संस्थामा युवा व्यवसायीहरु आबद्द रहेका छन् । संस्थाले भरतपुर अस्पातलमा वृक्षारोपण कार्यक्रम पनि गरेको थियो ।
तपाइँको प्रतिक्रिया