कोरोना सचेतना अभियानमा जुटे युवा
बाग्लुङ – विश्वव्यापी रुपमा फैलिएको कोबिड – १९ अर्थात कोरोना भाइरसको बारेमा बाग्लुङ बजारका विभिन्न चोक, सार्वजनिक स्थल सरकारी कार्यालय, सवारी साधन, संघसंस्था त्यस्तै निजि तथा सार्वजनिक शैक्षिक संस्थाहरुमा कोरोना भाइरस सम्बन्धि सचेतनामुलक पोष्टर र स्टिकर टास्नुका साथै घरदैलो सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ ।
हाम्रो संसार बाग्लुङको आयोजनामा रहेको उक्त कार्यक्रममा कोरोना भाइरसको जानकारीका साथै यसबाट बच्ने उपाय र सावधानीका विधि समेटिएको पम्पेलेट विभिन्न चोक, घर र व्यक्ति समक्ष पुगि वितरण गरिएको हाम्रो संसारका अध्यक्ष नवराज पौडेलले बताउनुभयो ।
चैत ३ गतेदेखि संचालित कार्यक्रम जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार, बाग्लुङ नगरपालिका १४ नारायणस्थान, बडिगाड गाउँपालिका, ग्लकोट नगरपालिका र ढोरपाटन नगरपालिकाका विभिन्न वडाहरुमा सम्पन्न भएको छ ।
त्यस्तै जैमिनी नगरपालिकाका अन्य वडामा भोलिदेखि कार्यक्रम संचालन हुने हाम्रो संसारका वरिष्ठ उपाध्यक्ष राजन सापकोटा दिप्जले जानकारी गराउनुभयो । यो कार्यक्रम पोखरा, चितवन र नवलपुरमा रहेको शाखाले पनि सन्चालन गर्ने यसै सस्थाका सचिव सन्तोष सापकोटाले जानकारी गराउनुभयो ।
उक्त कार्यक्रम हाम्रो संसारका संस्थापक सदस्य तथा केन्द्रिय सदस्य कृष्ण सापकोटाले समायोजन गर्नुभएको कार्यक्रममा हाम्रो संसारका सक्रिय सदस्य असिम हरि पौडेल र केशव सापकोटाले मध्यस्तकर्ताको काम गर्नुभएको थियो । कार्यक्रममा ट्राफिक प्रहरी र विभिन्न सामाजिक अभियान्ताहरुको उपस्थित रहेको थियो ।
तपाइँको प्रतिक्रिया