झापामा प्रहरी कार्यालयभित्र मास्क उत्पादन गर्दै

झापा – कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको छ ।विश्वभर फैलिरहेको कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन मास्क उत्पादन सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
कार्यालयमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीलाई मास्क वितरण गर्न लागिएको हो । जिल्लामा एक हजार बढी प्रहरी कर्मचारी कार्यरत रहेका छन् । बजारमा मास्कको अभाव भएपछि प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क सिलाएर वितरण गर्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया