भरतपुरमा कारको ठक्करबाट दुई जना घाइते, एकको अवस्था गम्भिर

चितवन – भरतपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १० विरेन्द्र क्याम्पस चोक नजिकै चौबिसकोठीबाट नारायणगढ तर्फ जाँदै गरेको बा ६ च ८६५४ नं को कारले सोही दिशातर्फ गईरहेको बा ७६ प २७१९ नं को मोटरसाइकललाई ठक्कर दिएको हो ।
कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते हुनेहरुमा मोटरसाइकल चालक गोरखा बोलङीका २५ बर्षिय ठाकुर गौतम र मोटरसाइकलको पछाडी सवार सोही स्थानका बर्ष २४ का रोशन देवकोटा रहेका छन् ।
उनिहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । घाइतेमध्य मोटरसाइकल चालक गौतमको अवस्था गम्भिर रहेको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा रहेको छ चालक फरार रहेका छन् ।
तपाइँको प्रतिक्रिया