कोरोना संक्रमणबाट बंगलादेशमा पनि एकको मृत्यु

एजेन्सी – कोरोनाभाइरसको संक्रमणबाट बंगलादेशमा पनि एक जनाको मृत्यु भएको छ। बुधबार इन्स्टिच्यूट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एण्ड रिसर्चले एक जनाको मृत्यु भएको बताएको हो।
इन्स्टिच्यूटले थप चार जनामा पनि कोरोनाको संक्रमण देखिएको बताएको छ। साथै चार जनामा कोरोना देखिएसँगै कुल १४ जना पुगेको बताइएको छ।
बंगलादेशमा मार्च आठमा तीन जनामा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो। ती मध्ये दुई जना इटालीबाट फर्केका थिए भने एककी श्रीमतीमा पनि फैलिएको थियो। उनीहरुको उपचार भइसकेको बताइएको छ।
तपाइँको प्रतिक्रिया