कोरोना कहर : २५ जनाभन्दा बढी भेला हुन नपाईने

काठमाडौं – विश्वभर फैलिदै गएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ । बुधबार रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको आठौं बैठकले अत्यावश्य काम बाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ ।
तपाइँको प्रतिक्रिया