अन्तरराष्ट्रिय स्तरको शिक्षा दिदै सत्यम स्कुल

चैत्र ५, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ८ गौरीगञ्जमा रहेको सत्यम स्कुलले सैद्धान्तिक शिक्षाका साथै प्रयोगात्मक र व्यबहारिक शिक्षा प्रदान गर्दै आएको छ ।स्कुलले विद्यार्थीलाई गर्दै सिक्ने र पढ्ने लेख्ने पद्धति अपनाउंँदै आएको हो । २०५४ सालमा स्थापित भएपनि स्कुलले यो पद्धतिमात्र २०७५ सालबाट व्यवहारिक एवं प्रयोगात्मक शिक्षालाई जोड दिदै आएको छ । आज स्कुलले एक कार्यक्रम गरी गत शैक्षिकसत्रको विद्यार्थीले गर्दै सिक्ने सिकाई र उपलब्धिको बारेमा जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य परशुराम पौडेलले स्कुलले सरकारी पाठ्यक्रमका साथै अतिरिक्त अभ्यास र प्रयोगात्मक शिक्षामा जोड दिदै आएको बताए । बिद्यार्थीलाई भविष्यमा टिक्ने र बिक्ने खालको शिक्षा आबश्यक रहेको भन्दै अन्तराष्ट्र्रिय स्तरको शिक्षा दिइरहेको बताए । उनका अनुसार विदार्थीले पूर्ण पारिवारिक एवं शान्त वातावरणमा अध्ययन अध्यापन गराइने उनको भनाई छ ।
साथै स्कुलले विद्यार्थीलाई प्रविधिमैत्री बनाउन कम्युटर ज्ञान दिई सोही मार्फत गृहकार्य, प्रयोगात्मक अभ्यास गराईरहेको छ । पछिल्लो समयमा स्कुलमा विद्यार्थीको आकर्षण बढेको बताउंँदे प्राचार्य पौडेलले विद्यार्थी दैनिक विवरण , पढाई लगायतका सम्पूर्ण विवरण अभिभावकले घरमै बसेर जानकारी पाउने व्यवस्था मिलाईएको बताए ।
शिक्षाको गुणस्तरमा प्रतिस्पर्धा गर्न अनुभवी, दक्ष शिक्षकहरु बाट अध्यापन भइरहेको छ । विद्यार्थीलाई प्रतिभावान बनाउन अन्र्तक्रिया, वादविवाद, एवं खोजमुलक अधययन कार्यमा लगाइएको पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालयमा आबश्यक खेलकुद सामाग्री, पौडी पोखरी, आरामदायी आवास एवं अर्गानिक खानाको व्यवस्था गरिएको छ । हाल ८ कक्षा सम्म अध्ययन अध्यापन हुने सो स्कुलमा झण्डै सय विद्यार्थी अध्ययनरत छन ।
तपाइँको प्रतिक्रिया