कोरोना प्रभाव : वैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – विश्वभर कोरोनाको त्रास बढिरहेका बेला सरकारले वैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको आठौं बैठकले सिनेमा हल, सांस्कृति केन्द्रहरू, रंगशाला, खेल स्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लबआदि बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
तपाइँको प्रतिक्रिया