एसईई सञ्चालन हुने सबै परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० एसईई सञ्चालन हुने सबै परीक्षा केन्द्रमा स्वास्थ्य सहायता कक्ष ‘हेल्थ डेस्क’ सञ्चालन गर्ने भएको छ ।
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संङ्क्रमणको रोकथाम गर्नुपर्ने र परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्नुपर्ने भएकाले विद्यार्थीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन,माक्सको प्रयोग गर्न, अरूसँग हात नमिलाउन, सकभर भीडभाडमा नजान समेत उनले ध्यान दिन आग्रह गरेका छन् ।
चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुँदैछ ।यो वर्ष एसइई परीक्षामा कूल चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन् । देशभर एक हजार ९९५ केन्द्र निर्धारण गरिएको छ ।
तपाइँको प्रतिक्रिया