बजारमा यस्तो छ आज सुनकाे भाउ

काठमाण्डाै – बजारमा आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
तपाइँको प्रतिक्रिया