‘काेराेनालाई चुनाैती’ दिँदै मध्यराति डान्स पार्टी गर्ने २५ जना पक्राउ

काठमाडौं – मध्यरातसम्म डान्सपार्टी गरेको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ। स्थानीय प्रशासनले कोरोना भाइरसको सन्त्रास बढेपछि ५ जना भन्दा बढी समूहमा जम्मा भएर कुनै ठूला कार्यक्रम नगर्न गरेको आग्रह विपरित पर्यटकीय क्षेत्र पामेको जंगल डान्सपार्टी गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले स्थानीय प्रशासनले गरेको आग्रह विपरीत ठूलो हुल जम्मा गरेर विना स्वीकृति कार्यक्रमको आयोजना गरिएकाले उनीहरुलाई मध्यरातमा पक्राउ गरिएको बताए। कार्यक्रम जंगल नजिक रहेको एक सानो होटलमा भएको एसपी कार्कीले बताए। उनले कार्यक्रम गर्ने आयोजकलाई कारबाही गर्ने बताए।
तपाइँको प्रतिक्रिया