अपडेट : ट्रकको ठक्करबाट महिलाको ज्यान गएपछि अवरुद्ध बनेको सडक खुल्यो

चितवन – भरतपुरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएपछि स्थानीयले अवरुद्ध गरेको सडक खुलेको छ । भरतपुर ७ क्यान्सर हस्पिटल अगाडि भरतपुरबाट माडी तर्फ जादै गरेको ना. ७ ख. ४०९१ नम्बरको ट्रकको ठक्करबाट भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता एक नारायण कोइरालाले जानकारी दिए । प्रहरिले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
तपाइँको प्रतिक्रिया