कोरोना मत्थर भएपछि शाङ्हाईका मुख्य पर्यटकीय स्थानहरु खुला

चैत ३, शाङ्हाई (चीन) । चीनको शाङ्हाईमा रहेका ६९ ओटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु सञ्चालनमा आएका छन् । स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोना भाइरसको प्रभाव मत्थर भएसँगै पर्यटकीय केन्द्रहरु सर्वसाधारणका लागि खुला गरिएको हो ।
शाङ्हाई वन्यजन्तु निकुञ्ज सोमवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । महानगरीय संस्कृति तथा पर्यटन ब्युरोका अनुसार शाङहाईमा क वर्गका ११३ ओटा उत्कृष्ट पर्यटकीय केन्द्रहरु रहेका छन् र तीमध्ये ९ ओटा पुनर्निर्माणको चरणमा छन् ।
फेब्रुअरीको अन्त्यदेखि महामारीको स्वरुप लिएको कोरोना भाइरसका कारण शाङ्हाई महानगरले आमजनताको सुरक्षाका लागि ३० ओटा विभिन्न उपायहरु अबलम्बन गरेको थियो । रासस/ सिन्ह्वा
तपाइँको प्रतिक्रिया