लुकाइराखेको १० लाख मास्क बरामद

काठमाडौं – काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो। काठमाडौंका विभिन्न स्थानमा कालोबजारी गर्न लुकाएर राखिएका १० लाख थान मास्क प्रहरीले बरामद गरेको छ ।
काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सतुुंगल, कपनलगायत स्थानबाट कालोबजारी गर्न लागिएका मास्क बरामद गरिएको हो ।आइतबार साँझ चन्द्रागिरी नगरपालिका १० सतुंगलको विष्णुदेवी गोदाम प्रहरीले सिल गरेको थियो ।
त्यहाँबाट सोमबार बिहान ८ लाख थानभन्दा बढी मास्क बरामद भएको हो ।ती मास्क प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाउने तयारी गरिरिहेको छ । यस्तै कपनको मिलनचोकबाट १ लाख ६८ थान मास्क बरामद गरिएको महानगरीय प्रहरीले जनाएको छ ।
कालोबजारी गरी लुकाएर राखिएको अवस्थामा मास्क बरामद गरिएको प्रहरीले जनाएको छ । मास्क कालोबजारी गर्ने ६ जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । ३१ रुपैयाँमा डिल गरेर बेच्न लागेको अवस्थामा गाडीसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
तपाइँको प्रतिक्रिया