कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा राखियो

काठमाडौं – कतारले कोरोना संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।
उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । क्वारन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरका छन् । ‘हामीलाई राखिएको ठाउँका आठवटा बिल्डिङमा फरकफरक कम्पनीमा काम गर्ने नेपाली छन् ।
यहाँका दुईवटा बिल्डिङमा बस्ने दुई जनालाई कोरोना संक्रमण देखिएपछि सबैलाई क्वारन्टाइनमा राखिएको हो,’ क्वारन्टाइनमा बसेका धनुषाका एक नेपालीले भने, ‘हाम्रो स्वास्थ्य जाँच गर्न हमाद अस्पतालबाट डाक्टर आए, सबै जाँच गररे गए । रिपोर्ट आइसकेको छैन ।’ क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरू पनि छन् भन्ने खबर कान्तिपुर दैनिकमा खबर छ।
तपाइँको प्रतिक्रिया