‘मिस नेपाल २०२०’ को चितवन अडिसन भरतपुरमा हुँदै

चितवन – ‘मिस नेपाल २०२०’ को नयाँ आवेदन खुल्ला गरिएसँगै चितवन अडिसनका लागि आयोजक टिम चितवन आइ पुगेको छ ।
मिस नेपालको चितवन अडिसन मंगलबार भरतपुर गार्डेन रिसोर्टमा हुने भएको छ । यस अडिसनमा २६ वर्ष सम्मका युवतीहरु सहभागि बन्न सक्ने मिस नेपाल अफिसियल कोरियोग्राफर रचना गुरुङ शर्माले जानकारी दिइन् ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ले स्थापनाको २५ औं वर्ष मनाइ रहँदा ‘मिस नेपाल २०२०’ को अडिसनका लागि हिडन ट्रेजरको टिम चितवन आइपुगेको आईतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । अडिसनका लागि मार्च २७ सम्म आवेदन खुल्ला गरेको छ ।
यस वर्षको मिस नेपालको फाईनल १५ मे शुक्रबारका दिन मिस नेपालको हस्पिटालिटी पार्टनर दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना गरिने सम्मेलनमा जानकारी गराइएको छ ।
मिस नेपाल अडिसनका लागि आयोजक टिम ८ देखि २४ मार्चसम्म काठमाडौंसँगै देशका सातैवटा प्रदेशका मुख्य मुख्य सहरहरुमा जाने छ । सो प्रतियोगिताका विजेतालाई २ लाख ५० हजार प्रदान गरिने छ । अनलाईनबाट पनि आवेदन फर्म भर्न सकिने र फर्म भर्न शुल्क नलाग्ने कोरियोग्राफर शर्माले बताईन् ।
तपाइँको प्रतिक्रिया