नारायणीको पूलबाट हामफालेका लामाको प्रहरीद्धारा उद्धार

नारायणगढ :,नारायणी नदीको पुलबाट आइतबार साँझ एक व्यक्तिले हाम फालेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ११ का ३५ बर्षिय भिम लामाले हाम फालेको प्रहरीले जानकारी दिएको छ । उनको घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । वडा प्रहरी कार्यालयको टोलीले तत्कालै उद्धार गर्न सफल भएको हो ।
लामाले राती ८ः२५ बजे पुलको विच भागबाट लामाले हाम फालेको र स्थानियले खबर गरेपछि तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ । हाल उनको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
तपाइँको प्रतिक्रिया