स्पेनमा २४ घण्टामा १०० को मृत्यु, २ हजार संक्रमित

स्पेन । स्पेनमा आइतबार नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट दुई हजार संक्रमित भएका छन् भने एक सयको मृत्यु भएको छ । एएफपीका अनुसार २४ घण्टामा कोरोनाबाट सयको मृत्यु र दुई हजारमा नयाँ संक्रमण भएको छ ।
इटालीपछि एकाएक संक्रमित भएको स्पेन दोस्रो ठूलो मुलुक हो । नयाँ संक्रमितको संख्या थपिएसँगै स्पेनमा कोरोना संक्रमितको संख्या सात हजार ७५३ पुगेको छ भने मृत्यु हुनेको संख्या २८८ पुगेको छ । स्पेन सरकारले लकडाउनको स्थिति छ भने मानिसहरुलाई अत्यावश्यक काम, उपचार र खानाबाहेक घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई पनि कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । अस्ट्रिया सरकारले पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा नहुन आग्रह गरेको छ । त्यसैगरी बेलायतमा ७० वर्षभन्दा माथिका मानिसलाई सेल्फ-आइसोलेसनमा रहन आग्रह गरेको छ । – बीबीसी
तपाइँको प्रतिक्रिया