चितवन लगायत केही जिल्लामा भुकम्पको धक्का महसुस
चैत्र २, चितवन । चितवन लगायत देशका केही जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ ।
आज राती ८ बजेर ४५ मिनेट जांँदा भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भुकम्प गएको हो । भुकम्प गएपछि भुकम्प बढी महसुस गरिएका क्षेत्रहरुका बासिन्दा घरबाट बाहिर निस्किएको बताइएको छ ।
भुकम्पको केन्द्रविन्दु लुम्ले आसपास रहेको केन्द्रका प्राविधिक नविन विकले जानकारी दिए । भुकम्पको धक्का महसुस पर्वत, म्याग्दी , काठमाडौ, वुटवल लगायतका जिल्लाहरुमा समेत गरिएको छ ।
तपाइँको प्रतिक्रिया