चितवनमा कोरोनाको त्रास देखाई कालोबजारी गर्नेलाई कडा कारबाही

चितवन – चितवनमा कोरोनाको त्रास देखाई कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । आज (आईतबार) एक सूचना जारी गर्दै चितवनका केही व्यापारीले धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति बढेको भन्दै कारबाहीको चेतावनी दिएको हो ।
चितवनका केही व्यापारीले कोरोनाको त्रासमा कालोबजारी गरेको भन्ने सुचना प्राप्त भएपछी प्रशासन कार्यालयले गम्भिर ध्यानाकर्षण गराएको छ । सूचनामा भनिएको छ, दैनिक उपभोग्य सामान लुकाउने, बढी मूल्य लिने, सामान स्टक राख्ने म्याद सकिएका सामनहरु बिक्री वितरण गरेको भेटिएमा कडा कारबाही गर्ने छौं ।’
तपाइँको प्रतिक्रिया