पूर्व मिस नेपाल उषा खड्कीले गरिन् पतिसँग सम्बन्ध विच्छेद
काठमाडौं – पूर्व मिस नेपाल उषा खड्गीले वैवाहिक सम्बन्ध विच्छेदको घोषणा गरेकी छिन् । उनको १७ वर्ष अगाडी सञ्चारकर्मी जिपी तिमिल्सिनासँग विवाह भएको थियो ।
खड्गीले सामाजिक सञ्जाल फेसबुक मार्फत सञ्चारकर्मी तिमिल्सिनासँगको १७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य भएको जानकारी दिएकी हुन् । जीवनको लामो समय सँगै बिताउँदा पनि आफूमाथि शारीरिक तथा मानिसक यातना नरोकिएको र जिपीमा सुधार नआएकाले आफूले सम्बन्ध अन्त्य गर्ने निर्णय लिएको खड्गीले बताएकी छिन् ।
प्रेम सम्बन्ध पछि वैवाहिक जीवनमा बाँधिएका उनीहरु बीच केही समय देखि खटपट हुदै आएको थियो । विवाह पुर्व उनीहरु २ वर्ष रिलेशनसिपमा बसेर विवाह गरेका थिए । उनले सन्तानका लागि आफु सदैव लड्ने पनि बताएकी छन् ।
तपाइँको प्रतिक्रिया