साउदी अरेबियामा पनि ‘लकडाउन’को तयारी, सबै अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं – साउदी अरेबियाले पनि कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण ‘लकडाउन’को तयारी गरेको छ । साउदीले भोलि आइतबारदेखि लागू हुने गरी २ हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला मन्त्रालयले शनिबार यसको घोषणा गरेको अरबन्यूजले लेखेको छ ।
शुक्रबार साउदीमा २४ जना नयाँ संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या ८६ पुगेको छ । ‘उडानमा प्रतिबन्धको नयाँ निर्णय आइतबार बिहान ११ बजेदेखि लागू हुनेछ’ मन्त्रालयले साउदी प्रेस एजेन्सीमार्फत जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘केही उडानहरुलाई विशेष परिस्थितिमा मात्र अनुमति दिइनेछ ।’ यो अवधिमा साउदी फर्किन नसक्ने कर्मचारीहरुका लागि यो अवधि आधिकारिक रुपमा सार्वजनिक विदा मानिनेछ ।
तपाइँको प्रतिक्रिया