प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगे प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रचण्डले शनिबार बिहान बालुवाटार पुगी पार्टी अध्यक्षसमेत समेत रहेका ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिएका हुन् ।
सो क्रममा अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिए । यस्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
तपाइँको प्रतिक्रिया