सहिद शिवप्रसाद पौडेल राष्ट्रिय पुरस्कारबाट सम्मानित भए साहित्यकार ‘भूपिन’

चितवन – चितवनका सहिद शिवप्रसाद पौडेल राष्ट्रिय पुरस्कारबाट कवि तथा उपन्यासकार भूपेन्द्र खड्का ‘भूपिन’ सम्मानित भएका छन् ।साहित्य संगम चितवनले भूपिनको उपन्यास ‘मैदारो’ लाई पुरस्कृत गरेको हो । उनलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको हो ।
भुपिनको ‘मैदारो’ को यो तेस्रो पुरस्कार हो । ‘मैदारो’ नेपाली समाजमा अती सिमान्तीकृत समुदायसँग आधारित भएको भन्दै उनले प्राप्त पुरस्कार सोही समुदायप्रती समपर्ण गर्ने बताए । उनले तीन वर्ष लगाएर लेखेको उपन्यासलाई धेरैले राम्रो प्रतिकृया दिएको भन्दै खुशी व्यक्त गरे ।
स्वर्गिय पौडेलका भाई चुडामणी पौडेलको प्रमुख अतिथी रहेको कार्यक्रम साहित्य संगम चितवनका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । सहिद शिवप्रसाद पौडेलको हत्या २०३८ साल चैत १ गते भएको थियो ।
तपाइँको प्रतिक्रिया