आठ महिनामा सवारी कारवाहीबाट झण्डै दुई करोड राजश्व संकलन

चितवन – चितवनले ट्राफिकले चालु आर्थिक बर्ष ०७६,०७७को ८ महिनाको अवधिमा २६ हजार ५सय ६१ वटा सवारीसाधनलाई कारवाही गरेको छ । जसबाट १ करोड ९७ लाख ८० हजार पाँचसय रुपैयांँ संकलन गरेको छ ।
कार्यालयले दिएको जानकारी अनुसार ती सवारीचालकमाथि मापसे, अनुमतिपत्र नभएको, परमिट विना चलाएको , ट्राफिक नियम उल्लंघन समेत १२ वटा कसुरबाट उक्त रकम असुल गरेको हो । ती मध्ये सबैभन्दा बढी कारवाही फागुन महिनामा भएको छ । उक्त महिनामा ४ हजार २सय २८ सवारीसाधन कारवाहीमा परेका थिए । सो महिनामा मात्रै कार्यालयले ३० लाख ८७ हजार रुपैयांँ राजश्व संकलन गरेको छ । यस्तै सबैभन्दा कम सवारी कारवाही भाद्र महिनामा भएको छ । उक्त महिनामा कार्यालयले २० लाख १८हजार राजश्व संकलन गरेको थियो । सवारी नियम उल्लंघनका घटना र कारवाही बढेसंँगै राजश्व संकलन बढ्दै गएको कार्यालय प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।
सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल
जिल्लामा अन्य सवारीको संख्याभन्दा मोटरसाइकल चलाउने संख्या बढेसंँगै ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन मध्ये सबैभन्दा बढी मोटरसाइकल परेका छन । चालु आर्थिक महिनाको ७ महिनाको अबधिमा ७ हजार ५सय ३१ वटा मोटरसाइकल कारवाहीमा परेका थिए । उक्त कारवाहीबाट कार्यालयले ६४ लाख ६३ हजार राजश्व संकलन गरेको छ । यस्तै सबैभन्दा कम टेम्पो कारवाहीमा परेका छन । उक्त अवधिमा २हजार १सय ४० वटा टेम्पो कारवाहीमा परेका थिए । सो कारवाहीबाट मात्रै १६ लाख १० हजार रुपैयांँ राजश्व संकलन भएको छ । सवारी संख्या संँगै कारवाही संख्यामा बृद्धि भएकोले सोही अनुपातमा राजश्व संकलनमा बृद्धि भएको कार्यालय प्रमुख भट्टको भनाई छ ।
तपाइँको प्रतिक्रिया