नुनमा कालोबजारी नगर्न साल्ट ट्रेडिङको आग्रह

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले डिलर, थोक तथा खुद्रा बिक्रेतालाई नुनमा कालोबजारी नगर्न आग्रह गरेको छ । कर्पोरेशनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले कोरोना भाइरसको त्रास फैलाएर कालोबजारी नगर्न आग्रह गरेका हुन् ।
साल्ट ट्रेडिङ यस्तो कार्य नगर्न सबै डिलर, थोक तथा खुद्रा बिक्रेतालाई आग्रह गरेको हो । म्यानेजर झाले कालोबजारी गर्नेलाई कारबाही गर्न समेत माग गरेका छन् । उनले नुनको मौज्दात र आपूर्तिमा समस्या नरहेको बताए । उनका अनुसार कर्पोरेसनसँग अहिले १ लाख ५८ हजार मेट्रिक टन नुनको स्टक रहेको छ ।स्टक नुन नै करिब १० महिनाको बजारको माग धान्ने र अहिले भारतबाट नियमित रुपमा नुनको आयात भइरहेको पनि उनले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया