रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीदले चार मिलियन युरो सहयोग गर्ने

एजेन्सी – आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले चार मिलियन युरो सहयोग गर्ने भएका छन् ।पाराग्वेमा नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरिएको छ । रोनाल्डिन्हो छुटाउन वकिलका लागि खर्च हुने चार मिलियन युरो मेस्सीले सहयोग गर्न लागेका हुन् ।
ब्राजिलियन फुटबलर रोनाल्डिन्हो बुधबार पाराग्वेमा पक्राउ परेका थिए । नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट भाई रोबर्टोसँगै पक्राउ गरिएको थियो । रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीले निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका तय भएको थियो ।
तपाइँको प्रतिक्रिया