भ्रमण बर्षलाई नयाँ ढंगले पुर्नसंरचना गर्ने सरकारको तयारी

काठमाडौं – सरकारले भ्रमण बर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराईले भ्रमण बर्षको शुरुआतमै विश्वभर महाभारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुक भित्र र बाहिरका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको उल्लेख गर्दे भ्रमण बर्षलाई सरकारले नयाँ ढंगले पुनर्संरचना बताएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवद्र्धनका लागि बिशेष योजना बनाई भ्रमण बर्षको कार्यक्रम पुनर्संरचना गरिएको बताए।
संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवर्द्धनका लागि विशेष योजना बनाएर भ्रमण वर्षको कार्यक्रम पुर्नसंरचना गरिएको बताउनुभएको हो ।
उनले भने ‘नेपाल भ्रमण वर्ष २०२०का कार्यक्रमहरु देशभित्र देशबाहिर सबै ठाउँमा स्थगित गरिएको छ र भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्नुपर्ने आवश्यकता देखिन्छ । १० वर्षमा पर्यटनसम्बन्धी पूर्वाधारहरुको विकास गर्ने, हवाई पूर्वाधार, सडक पुर्वाधार र नयाँ गन्तव्यहरु निर्माण गर्ने लगायतका कुरामा दश वर्षको विशेष योजना बनाउन खोजिरहेका छौँ ।’
मन्त्री भट्टराईले तारागाउँ विकास समितिका सम्बन्धमा समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले सक्रियता बढाएको स्पष्ट पारे । उनले भूकम्पले क्षति पुर्याएका तारागाउँ विकास समिति अन्र्तगत पोखरा, ककनी, नगरकोट लगायत स्थानमा रहेका रिसोर्टका भवनहरु आन्तरिक स्रोत र मन्त्रालयको केही अनुदानमा पुननिर्माण भइ सञ्चालनमा आएको जानकारी दिए ।
तपाइँको प्रतिक्रिया