खाना पकाउने ग्यास मौज्दात नराख्न सरकारको आग्रह

काठमाडौं – खाना पकाउने ग्यास मौज्दात नराख्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न आग्रह गरेको हो ।
मन्त्रालयकी सहायक प्रवक्ता उपसचिव उर्मिला केसीले विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको आपूर्ति पर्यात भएकाले माग धान्न समस्या नहुने बताएकी छन् । हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमित भन्दा बढी भइरहेकाले मौज्दात नराख्न सर्वसाधारणलाई आह्वान गरेको मन्त्रालयले जनाएको छ ।
बजारको बढ्दो मागलाई व्यवस्थापन गर्न नेपाल आयल निगम यस महिनाबाट नियमित खपतका अतिरक्त थप ११ हजार मेक्ट्रिक टन ग्यास आयात प्रक्रिया अघि बढाएको पनि मन्त्रालयले जनाएको छ ।
‘बजारमा निगमले प्रशस्त मात्रामा ग्यासको आपूर्ति गर्ने र माग धान्नका लागि समस्या नहुने भएकोले आवश्यकता भन्दा बढी मौज्दात नराख्नु हुन समस्त उपभोक्ता वर्गहरुमा जानकारी गराउँछौ,’ विज्ञप्तिमा भनिएको छ ।
तपाइँको प्रतिक्रिया