चितवनमा कोरोनाको आशंका गरिएको व्यक्तिमा संक्रमण नभएको पुष्टि, रिपोर्ट नेगेटिभ

चितवन – कोरोना भाइरसको संक्रमणको आशंकामा भरतपुर अस्पातलले परिक्षणका लागि पठाएको रगतको नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पातलले कोरोना संक्रमणको आशंकामा बिहीवार एक जनाको रगतको नमुना परिक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाएको थियो ।
अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले प्रयोगशलाबाट प्राप्त नतिजाको आधारमा आशंका गरिएका व्यक्तिमा कोरोनाको संक्रमण नरहेको जानकारी दिए । भरतपुर अस्पतालबाट यस अघि पठाईएका दुई वटा नमुनाको नतिजा पनि नेगेटीभ आएको थियो ।
अस्पतालले कोरोनाको संकेत देखिएका व्यक्तिलाई आईसोलेसन वाडमा राखेर नमुना परिक्षणका लागि काठमाडौं पठाउने गर्दछ । अस्पतालमा कोरोना भाईरसको संक्रमणका बिरामीहरुलाई राख्नका लागि १९ शैयाको आईसोलेसन वाड संञ्चालन गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया