चैत ५ गतेदेखि भरतपुरका विद्यालय बन्द हुने
चितवन – चैत ५ गतेदेखि भरतपुरका विद्यालयहरु बन्द हुने भएका छन् । भरतपुर महानगरपालिकाले चैत्र ५ गतेदेखि अर्को सूचना नभएसम्मका लागि महानगरपालिका भित्रका बिद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
महानगरमा शुक्रबार बसेको बैठकले कोरोनाको संक्रमणबाट बच्नका लागि महानगरभित्रका नीजि तथा सामुदायीक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सबै विद्यालयमा अहिले परिक्षा संचालन भइरहेको छ । पाँच गते नै परिक्षा सकिदैंछ ।विद्यालय कहिलेदेखि संचालन गर्ने भन्ने विषयमा अवस्था हेरेर निर्णय गरिने महानगरपालिकाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया