काठमाडौं – विश्वभरि विभिन्न देशमा कोरोनाभाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने प्रयासमा विद्यालयहरू बन्द गरिएका छन्, खेलकुदका पूर्वनिर्धारित प्रतियोगिताहरू स्थगित भएका छन् तथा सांस्कृतिक संस्थाहरू बन्द भएका छन् ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ मा पुगेको छ ।
चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ ।अहिलेसम्म १ लाख ३४ हजार ६ सय ७८ जना संक्रमित छन् । संक्रमितमध्ये ६९ हजार १ सय ४२ जना स्वास्थ्यलाभ गरी घर फर्किएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् । चीनका ८० हजार ७ सय ९७ मा संक्रमण फैलिएको छ भने ३ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् ।चीनबाटै फैलिएको यो भाइरसको संक्रमण चीनमा भने नियन्त्रणमा आउनेक्रम जारी छ ।
चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना प्रभावित नयाँ ४ जनामात्र फेला परेका छन् भने बिहीबार एक जनाको मात्र मृत्यु भएको छ ।संक्रमित चिनियाँ नागरिक स्वास्थ्यलाभ लिएर फर्कनेक्रम बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण भएको दाबी गरिरहँदा छिमेकी भारतमा भने कोरोनाको संक्रमण फैलिन थालेको छ । भारतमा कोरोना लागेका पहिलो एक व्यक्तिको मृत्यु भएको छ ।कोरोनाको संक्रमणमा रहेका कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ ।
उनी साउदी अरेबियाबाट केहिदिन अघिमात्र भारत आएका थिए ।कर्नाटक राज्यका स्वास्थ्य तथा परिवार कल्याण विभागले भनेको छ, ‘यो विषयमा सबै दिशानिर्देशनहरुको पूर्ण पालना भइरहेको छ । उनको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । ती व्यक्ति तेलंगनाको एक निजी अस्पतालमा गएका थिए यस कारण तेलंगना सरकारलाई पनि सचेत गराइएको छ ।’
केन्द्र सरकारद्वारा जारी विज्ञप्तिका अनुसार साउदीअरबबाट फर्केपछि स्वास फेर्न अप्ठ्यारो, खोकी र निमोनियकोल लक्षण देखिएपछि मार्च ६ मा एक डाक्टरले उनको घरमा नै उपचार गरेका थिए ।तर स्वास्थ्य लगातार बिग्रेपछि मार्च ९ मा उनी कलबुर्गीमा एक निजी अस्पतालमा भर्ना भए । अस्पतालको प्रराम्भिक जाँचमा उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरियो ।
त्यसपछि विस्तृत जाँचका लागि बेंग्लोरको ल्यावमा परीक्षण भयो । जाँचको रिपोर्ट आउनु अगाबै उनलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरियो । त्यसपछि मार्च १० मा उपचारकै क्रममा उनको मृत्यु भयो ।कोरोनाको संक्रमण इटालीमा फैलने क्रम बढेको छ ।
इटालीमा अहिलेसम्म १५ हजार १ सय १३ जनामा संक्रमण देखा परेको छ भने १ हजार १६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै इरानमा १० हजार ७५ संक्रमित रहेको र ४ सय २९ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ भने ७ हजार ९ सय ७९ जना संक्रमित छन् ।एजेन्सी