चितवन – सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा पत्रकारिता अध्यनरत विद्यार्थीहरुको संगठन सप्तगण्डकी आमसञ्चार क्लवको अध्यक्षमा असल गैरे चयन भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पसमा आज (शुक्रवार) सप्पन्न तेस्रो अधिवेशनबाट गैर अध्यक्षमा चयन भएका हुन् ।
वरिष्ट उपाध्यक्षमा श्याम विश्वकर्मा, उपाध्यक्षमा मनिका विश्वकर्मा, कोषाध्यक्षमा आरुषी पौडेल, सचिवमा विकास ढकाल र सहसचिवमा वर्षा मगर चयन भएका छन् । आज भएको भेलाले सल्लाहकार सहित २५ जना सदस्यको कार्यसमिति चयन गरिएको हो ।
सल्लाहकार सदस्यमा शिक्षकका तर्फबाट क्याम्पसका आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक मधुसूदन दवाडी र दिपेन्द्र अधिकारी रहेका छन् । क्लबको संरक्षकमा क्याम्पस प्रमुख मणिराज महतो, सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद घिमिरे, विष्णु ज्ञवाली र नारायण रेग्मी रहेका छन्।