अस्पतालको सूचना तोडमोड गरी भ्रम र त्रास फैलाउनेको पहिचान, कारबाहीको तयारीमा प्रशासन

एटुजेड समाचार

चितवन – भरतपुर अस्पतालको सूचना तोडमोड गरी कोरोना भाइरसको संक्रमणका बारेमा सामाजिक सञ्जालमा भ्रम र त्रास फैलाउनेको पहिचान भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । बिहीबार  भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो ।

 चिनिया राजदुतको प्रोफाइल तस्विर राखेर शलिना गुरुङको नामबाट फेक आइडी बनाएर अफवाह फैलाइएको हो। ‘सूचना तोडमोड गर्नेले आफ्नो पोष्ट हटाइसकेको छ, भने पक्राउ गरी साइबर क्राइम व्यूरोमा पठाउने तयारीमा रहेको प्रशासन जनाएको छ।’  पछिल्लो समय कोरोनाका विषयमा कहिले विभिन्न उपचारका विधि त कहिले संक्रमणबारे काल्पनिक कुरा फैलाएर त्रास फैलाउने काम भइरहेको छ ।

भरतपुर अस्पतालको  विज्ञप्तिमा अस्पतालमा अहिलेसम्म २ जनाको नमुना परीक्षण गरिएको र नेगेटिभ देखिएको जानकारी पनि थियो । विज्ञप्तिमा लेखिएको थियो, ‘यस अस्पतालबाट हालसम्म २ जनाको नमुना परीक्षण गरिएकोमा नेगेटिभ देखिएको र आज फागुन २९ गते थप एकजनाको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको छ ।’तर यही सूचनालाई फोटोसपमार्फत ‘नेगेटिभ’ लाई ‘पोजिटिभ’ बनाएर सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने काम भएको छ । भरतपुर अस्पतालले विहिवार आधिकारिक सूचनालाई तोडमोड गरी अफवाह फैलाउनेविरुद्ध कारबाही गर्न सम्बन्धित निकायमा अनुरोध गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु