एजेन्सी – कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एक जनाको ज्यान गएको छ । कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएकाे बीबीसीले जनाएको छ । कोरोनाको कारण भारतमा पहिलो व्यक्तिको ज्यान गएको हो । भारतमा अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।
