चितवनमा कोरोना संक्रमित भेटिएको भन्दै गलत प्रचार, अस्पतालले भन्यो : दोषीलाई कारबाही गर्छौं

चितवन – चितवनमा दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको भन्दै भरतपुर अस्पतालको नाममा आज (बिहिबार) एउटा विज्ञप्ती सामाजिक सन्जालमा सार्वजनिक भयो । उक्त विज्ञप्तीमा भरतपुर अस्पतालमा दुई जनाको नमुना परिक्षण गर्दा पोजेटिभ अर्थात कोरोना संक्रमित उल्लेख गरिएको छ । तर उक्त विज्ञप्ती अस्पतालले निकालेको अधिकारिक विज्ञप्ती भने होइन ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले अस्पातलले निकालेको विज्ञप्तीलाई तोडमोड गरी कसैले समाजमा त्रास फैलाउने प्रयास गरेको बताएका छन् । उनले अस्पतालले कोरोना नेगेटिभ (संक्रमण नभएको) भनी निकालेको विज्ञप्तीलाई एडिट गरी कसैले पोजेटिभ (संक्रमण भएको) बनाएर समाजमा त्रास फैलाउने गलत कार्य गरेको बताए । “हामीले नेगेटिभ हो भनेर दिउँसो सवा २ बजे नै विज्ञप्ती प्रकाशन गरेका थियौं उनले एटुजेड समाचारसँग भने, ‘फोटोसप अथवा कुनै एपमा गएर एडिट गरेर पोजेटिभ बनाएर यसै त्रास फैलेको समाजमा संत्रास फैलाउने कार्य भएको छ । यो बिल्कुलै गलत हो ।”
“त्यो दुई वटा नेगेटिभ पनि १५ दिन अगाडिको हो उनले थपे, “हामीले आज पठाएको थप एक वटाको रिपोर्ट भोली मात्र आँउछ ।” मेसु तिवारीले यस बिषयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यलयसम्म छलफल भएको र अनुसन्धान प्रकृया अघी बढाईने बताए । उनले यो गलत र समाजमा त्रास फैलाउने कार्य गर्ने जो कोही भए पनि कारबाही गरिने बताए । यस्तै उनले चितवनमा अहिलेसम्म कोरोना संक्रमित नभेटिएकोले भ्रामक प्रचारको पछी लागेर त्रसित नहुन सम्पूर्ण चितवनबासीलाई आग्रह गरेका छन् ।
अस्पतालको आधिकारिक विज्ञप्ती :
तपाइँको प्रतिक्रिया