काठमाडौं – भारतले कोरोना संक्रमणको कारण विश्वभरबाट आउने पर्यटकहरुका लागि अस्थायी रुपमा लगाएको प्रतिबन्धले नेपालमा कुनै असर नपर्ने बतएको । प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै बहस भइरेका बेला भारतले भने प्रतिबन्धबाट नेपालीलाई कुनै असर नपर्ने जनाएको हो ।
काठमाडौंस्थित भारतीय दूतावासले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य र सुरक्षाका संवेदनशीलता मध्यनजर गर्दै लगाइएको प्रतिबन्धबाट नेपालीहरूलाई कुनै असर नपर्ने जनाएको हो।
‘यदि कुनै नेपाली कोरोना संक्रमित देशमा गएर भारतको यात्रा गर्न चाहेको खण्डमा भने क्वारेन्टाइनमा बस्नुपर्ने हुन सक्छ,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ, ‘सामान्य अवस्थामा नेपालीहरुका लागि स्थल र हवाइमार्गबाट भारतको यात्रामा कुनै असर पर्नेछैन।’
भारतले बिहीबारबाट लागू हुने गरी अत्यावश्यक बाहेकका सबै भिसा अप्रिल १५ सम्मका लागि रद्द गरेको छ। भारतमा हालसम्म ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ।