सङ्क्रमण फैलिने क्रम तीव्र बनेपछि भारत सरकारले आउँदो वैशाख ३ गतेसम्मका सबै भिसा निलम्बन गरेको छ ।
स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोनाको सङ्क्रमण रोक्न राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट प्रवेशाज्ञाबाहेकका अरु सबै प्रवेशाज्ञा आउँदो वैशाख ३ गतेसम्मको लागि निलम्बन गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
प्रवासी भारतीय नागरिकलाई दिइने यात्राको सुविधा पनि आउँदो वैशाख ३ गते सम्मको लागि रोकिएको छ । यो नियम शुक्रबार रातिबाट सुरु हुनेछ । कोरोना संक्रमितमध्ये ४ जना निको भएर घर फर्किएको भारत सरकारले जनाएको छ ।
तपाइँको प्रतिक्रिया