बुटवलमा कोरोना संक्रमणको आशंकामा १ जना अस्पताल भर्ना

एटुजेड समाचार

बुटवल – कोरोना संक्रमण भएको आशंकामा बुटवलमा १ जनालाई अस्पतालमा भर्ना गरिएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २१ वर्षका एक युवकलाई अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले रातोपाटीलाई बताए ।

डा.थापाकाअनुसार ती युवकमा कोरोना भाइरसको संक्रमणमा देखिने लक्षणहरु देखिएका छन् । ‘कडा किसिमको निमोनिया देखिएको छ, कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन् ।’ उनले कोरोना नै होकि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी रहेको बताए । नमूना परीक्षणका लागि उनको रिपोर्ट काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए ।

उनलाई बिहीबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएका बिरामीलाई उपचारका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको डा.थापाले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू