बोटे समुदायको प्रथाजनित कानुन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

एटुजेड समाचार

चितवन – चितवन र नवलपुरका बोटे समुदायका लागि प्रथाजनित संस्थाहरुको महत्त्व तथा कानुन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय आदिबासी जनजाती महिला महासंघको आयोजनामा सम्पन्न कार्यक्रममा बोटे समुदायको प्रथाजनित संस्थाहरुको महत्व र कानुनको बिषयमा चर्चा गरिएको थियो ।

कार्यक्रमलाई प्रा. डा. कृष्ण भट्टचन र कमला थापाले सहजीकरण गरेका थिए । कार्यक्रममा चितवन र नवलपुरका २१ महिला र १९ पुरुष गरी कुल ४० जनाको सहभागीता रहेको थियो ।

सहभागीहरुलाई बोटे समुदायको प्रथाजनित न्याय प्रणाली तथा चलि आएको नियम कानुनको बिषयमा जानकारी गराईएको थियो । कार्यक्रममा प्रथाजनित संस्थाहरुको बिगत र वर्तमानको बिषयमा पनि छलफल भएको राष्ट्रिय आदिबासी जनजाती महिला महासंघका परियोजना संयोजक राजकुमार बोटेले जानकारी दिए । कावासोती १५ स्थित बोटे गाँउ रिसोर्ट एजेन्सीमा बुधवारबाट शुरु भएको कार्यक्रम आज (बिहिबार) सम्पन्न भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु